Satyawati
Division ban Pahalmanpur

चुरे गाउँपालिका अध्यक्ष बोगटीले पार्टीको जिल्ला सदस्यबाट दिए राजिनामा

Purbadhar dadeldhura

अत्तरिया- नेकपा एमालेका कैलाली जिल्ला सदस्य चक्रबहादुर बोगटीले पदबाट राजिनामा दिएका छन् । एमालेको गत फागुनमा सम्पन्न अधिवेशनबाट जिल्ला कमिटि सदस्य पदमा निर्वाचित भएका बोगटीले उक्त पदबाट राजिनामा दिएका हुन ।

Malpot office dadeldhura

बोगटी कैलालीकै चुरे गाउँपालिका अध्यक्ष समेत छन् । उनी जिल्ला अधिवेशनमा डेजी पाण्डेयको प्यानलबाट चुनावमा होमिएका थिए । पार्टीको जिल्ला कमिटिमा गुटबन्दी बढी हुँदा आफुले पदबाट राजिनामा दिएको उनले बताए । उनले योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिनुको साटो गुटबन्दी गरेर आफ्ना खल्तीका व्यक्तिहरूलाई जिम्मेवारी दिईदा आफुले राजिनामा दिनु परेको दावी गरेका छन ।

उनले जिल्ला कमिटिका अध्यक्षले अधिवेशनमा आफुलाई असहयोग गरेको भनेर जिम्मेवारी नदिएको आरोप लगाए । ‘जिल्लामा सचिवालय गठन हुन्छ, सचिवालयमा हिजो अस्ती बाहिरबाट आएकालाई राख्यो, हामी ४९ साल देखी जिल्ला कमिटिमा भएका व्यक्तिलाई राखिएन’ उनले भने ‘अधिवेशनमा म फरक प्यानलबाट चुनाव लडेको हुनाले मलाई असहयोग गरेको भन्दै अध्यक्षले जिम्मेवारी दिनुभएन ।’ नेकपा एमालेको जिल्ला कमिटि अध्यक्षमा यज्ञ ढुंगाना निर्वाचित भएका थिए ।

Dadeldhura Aspatal & Ban
Loading...