Satyawati
Division ban Pahalmanpur

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित

Purbadhar dadeldhura

कैलाली- धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठ वटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित  भएको छ। धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार बजेट अभावमा सो सडक खण्डका कैलाली र डोटीका ८ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको छ ।

Malpot office dadeldhura

चालु आर्थिक वर्षमा प्रति पुल ४० लाख रुपैयाँ विनियोजन गरिएको छ। चप्टे नदीमा पुल निर्माण गर्न  २ करोड ९७ लाख रुपैयाँ, मटेलीमा ३ करोड २६ लाख रुपैयाँ र चौकीगडा पुलका लागि ४ करोड ७० लाख रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । 

त्यसैगरी, कालाखोल, लामगाडा पुल  ४ करोड ५ लाख, नकुराडी खोलाको पुल ३ करोड ८२ लाख, कैलालीको हाटखोलीग्वासी खोलामा बन्ने पुलका लागि क्रमश ५ करोड १९ लाख र ४ करोड ५० लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको जानकारी उनले दिए । रासस

Dadeldhura Aspatal & Ban
Loading...