Satyawati
Division ban Pahalmanpur

बेकरी उद्योगबाट मासिक १० लाख कारोबार गर्दै धनगढीका आशीषराज

Purbadhar dadeldhura

धनगढी- धनगढीका एक युवाले बेकरी उद्योगबाट मासिक १० लाख कारोबार गर्दै आएका छन् । धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीका आशीषराज शर्माले स्वदेशमै स्वरोजगारसँगै भारतीयलाई पनि कामदारको रुपमा राखेका छन् ।

उनले अहिले सोही स्थानमा ‘हप्पी होम बेकरी एण्ड क्याफे’ पाउरोटी उद्योग खोली व्यापार गर्दै आएका छन् । उक्त उद्योगमा उनले स्थानीय र भारतीय गरी पाँच जनालाई कामदारका रुपमा रोजगारी दिएका छन् ।

Malpot office dadeldhura

कामदारलाई मासिक १६ हजार देखि २८ हजार सम्म मासिक तलब दिँदै आएका  छन् । उनले १२ जनाको परिवारको जोहो यसै बाट पुर्‍याउँदै आएका छन् । उनले प्रमाणपत्र तह सम्म अध्ययन गरेका छन् ।

बेकरी उत्पादनमा सीप भएका भिनाजु सँग सीप सिकेर उनले सुरुमा धनगढीको मिलनचोकमा पाउरोटी उद्योग सञ्चालन गरेका थिए । तर हाल भने उनले धनगढीको बैयाबेहडीमा उद्योग सञ्चालन गर्दै आएका छन् । पाउरोटी उद्योगबाट औसतमा मासिक १० लाख कारोबार हुने गरेको उनको भनाइ छ ।

सुदूरपश्चिमका नौँ वटै जिल्लाका अधिकांश मानिसहरू भने रोजगारीका लागि भारत जाने थालेको लामो समय भइसक्यो । भिसा पनि नचाहिने र रोजगारी पनि पाइने भएकाले यहाँका अधिकांश वर्षेनी भारत प्रवेश गर्छन् । रासस

Dadeldhura Aspatal & Ban
Loading...