अत्तरिया- गोदावरी नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा अत्तरियाको पतञ्जलि हलमा बाल समिति संरक्षण सदस्यहरूसँग अन्तरक्रिया सुरु भएको छ । बालबालिकाको हक हित र अधिकारका सम्बन्धी अन्तरक्रिया कार्यक्रम २५ गते सम्म चल्ने भएको छ ।












गोदावरी नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी गोदावरी खत्रीले सञ्चालन गरेको कार्यक्रमको सभाध्यक्ष गोदावरी नगरपालिका नगर उपप्रमुख शारदा देवी रोकाया रहेकी थिइन ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष उप प्रमुख रोकायाले समाजमा बालबालिकाको क्षेत्रमा थुप्रै विकृति विसङ्गतिहरू भएका बालबालिकाहरू धूम्रपान लागूऔसत इत्यादिमा फसेकाले नगरपालिकाले यिनीहरूलाई सचेत नागरिक बनाउने योजना आवश्यक रहेको बताइन् । उनले पालिकामा भएका बाल क्लबहरू बाल सञ्जालहरू आदिले त्यस्ता कुलतबाट बालबालिकालाई मुक्त गर्न ठूलो भूमिका खेल्ने बताइन् । त्यसैले बाल क्लब र बाल सञ्जाल नभएका ठाउँमा बाल क्लब तथा सञ्जालको गठन गर्दै नगरपालिकाले पनि उनीहरूको संरक्षण गर्ने कार्यक्रम ल्याउनुपर्ने बताइन् । बालबालिकाको क्षेत्रमा थुप्रै सरकारी गैरसरकारी संस्थाहरूले पनि काम गरिरहेको भए पनि समाजमा बालबालिका सम्बन्धी समस्या यथावत रहेको समेत बताइन् ।

सबै वडाहरूमा बाल क्लब बाल सञ्जाललाई सहयोग गर्ने उद्देश्य साथ अन्तरक्रिया कार्यक्रम भएको हो । बाल सञ्जाल तथा बाल क्लबहरू संरक्षण बिना एक्लै केही गर्न नसक्ने भएको हुँदा नगरपालिकाले उनीहरू बीच अन्तरक्रिया गर्दै सहयोग परामर्श आदि गर्ने बताएको छ । बालमैत्री नगरपालिका बनाउन बालबालिकालाई असल नागरिक बनाउन कुलतमा लागेका बालबालिकालाई कसरी कुलतमुक्त बनाउने भन्ने योजना नगरपालिकाको रहेकाले वडाबाट दुई जना बाल संरक्षणका प्रतिनिधिहरू ल्याई कार्यक्रममा समावेश गर्न पत्राचार गरेको ज्येष्ठ नागरिक शाखाकी खत्रीले बताइन ।




