डडेल्धुराको अमरगढीबाट ४० जना साइकलमै पुगे खप्तड

डडेल्धुरा- डडेलधुराको अमरगढी किल्लाबाट यात्रा सुरु गरेका साइकल यात्रीहरू आइतबार बिहान भूस्वर्गका रुपमा रहेको खप्तड पुगेका छन् । पर्यटन पूर्वाधार, समृद्ध प्रदेशको अधारु भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय स्तरको साइकल यात्रा-२०८१ का साइकल यात्री बिहान खप्तड क्षेत्रमा पुगेका हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

अमरगढी किल्लाबाट साइकल चढेरै उनीहरु डोटीको झिक्राना रुट हुदै ३ दिनमा खप्तड पुगेका हुन् । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन इकाइ कार्यान्वयन कार्यक्रमको प्रायोजनमा सि के रिचर्स एन्ड ग्रिनरी प्रोमोसन प्रा.लि. गोकर्णेश्वर काठमाडौको आयोजनामा अन्तर्राष्ट्रिय साइकल यात्रा २०८१ सुरु गरिएको हो ।

Navadurga sun
Godawari sandesh

अन्तर्राष्ट्रिय साइकल यात्रामा भारत तथा नेपालका विभिन्न स्थानका ४५ जना साइकल यात्रीहरू सहभागी छन् । साइकलमा पहिलो पटक खप्तड त्रिवेणी धाम पुगेकोमा निकै उत्साह र खुसी लागेको डडेल्धुराका साइकल यात्री कमला बिष्टले बताइन् ।

नेपाल सुदूरपश्चिम निकै सुन्दर र पर्या पर्यटन विकासका लागि राम्रो वातावरण भएको भारतका साइकल यात्री रबिन्द्र सिह ओबेरोइले बताए । उनले भने, बाहिर जति विकास नभएको प्रचार सुनिएको थियो । तर, सुदूरपश्चिमको विकास भएको छ । अझै यहाँको पर्यटन विकासको प्रचारप्रसार गर्नु पर्ने उनले बताए । यस्ता कार्यक्रम हुँदा पर्यटन प्रबर्द्धन हुने खप्तड होमस्टे झिङ्ग्रानाका सञ्चालक दिपक बहादुर खडकाले बताए ।

Couple
Loading...