कैलालीको अत्तरियामा फ्लोरिकल्चर तथा नर्सरी व्यवस्थापन तालिम सुरु

अत्तरिया- युवा उद्यमशीलता परियोजना अन्तर्गत फ्लोरिकल्चर तथा नर्सरी व्यवस्थापन तालिम सुरु भएको छ । शनिबारबाट कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयमा सुरु भएको उक्त तालिम वैशाख २८ गते सम्म चल्ने भएको छ ।

विकासका लागि युवा ऐक्यबद्धता यार्ड को आयोजनाद्वारा आयोजित तालिममा लुथर वल्ड रिलिफ LWR को आर्थिक सहयोगमा सञ्चालित भएको हो ।

Navadurga sun

कार्यक्रममा गोदावरी नगरपालिका र स्वर्णिम एग्रिकल्चरको सहकार्य रहेको छ कार्यक्रमका प्रशिक्षकहरूमा धनगढी उपमहानगरपालिकाका नर बहादुर ओड विषय विशेषज्ञ लोक बहादुर जगेडी, गायत्री नर्सरी गेटाका पुष्पराज पन्त र महेन्द्र नर्सरीका दमन चन्द रहेका छन् । 

कार्यक्रमको सहयोगी यार्ड को कार्यसमिति कि सुस्मिता सेन थिइन् । उक्त तालिमबाट सीप सिकेर स्वरोजगार हुँदै उद्यमशीलतामा वृद्धि हुने बताइएको छ कृषि क्षेत्रमा दिइने यस्ता तालिमहरूको दिनानुदिन महत्व बढ्दै गएको छ ।

ADD Khali jpg
Loading...