उद्योग र उद्यमशिलताको विकास विना मुलुक समृद्ध बन्दैन : मन्त्री भण्डारी

अछाम- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरी योजना बनाइने बताएका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

प्रेस चौतारी नेपालले शनिबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उद्यमशिलता र रोजगारी विना मुलुक समृद्ध नबन्ने भएकाले सबैले उद्यम गर्नु पर्नेमा जोड दिए । उनले उद्योग र उद्यमशिलताको विकास विना मुलुकमा समृद्धि नआउने बताए । मन्त्री भण्डारीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को लक्ष्य पूरा गर्न लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन र विकासमा सरकार लागेको उल्लेख गरे ।

Navadurga sun
Godawari sandesh

उनले स्थानीय कच्चा पदार्थको प्रयोगबाट सञ्चालित उद्योग र तिनका उत्पादनको प्रवर्द्धन तथा बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्ने समेत बताए । उनले स्थानीय उत्पादनमा आधारित उद्यममा जोड दिए । उनले भने, “स्थानीय उत्पादन बढाउनु जरुरी छ, कृषिमा आधारित उद्योगलाई बढावा दिने सरकारको नीति पनि हो ।”

Couple
Loading...