मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीको लम्कीमा हुने

कैलाली- पश्चिम नेपालका मुक्त कमैयाहरूको संस्था मुक्त कमैया समाज नेपालको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीको लम्कीमा हुने भएको छ । लम्की चुहा नगरपालिका–१ स्थित मुक्त कमैया एकता शिविरमा आयोजना हुने सम्मेलनको तयारी पूरा भएको र शनिबार एक समारोहका बचि सम्मलेन शुभारम्भ हुने अध्यक्ष पशुपति चौधरीले जानकारी दिए ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको पहिलो शनिबार उद्घाटन हुने र दोस्रो दिनको बन्दशत्रबाट नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको उनले बताए । सम्मेलनमा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर गरी पाँच जिल्लाका ५ हजार प्रतिनिधि सहभागी हुनेछन् ।

Navadurga sun

मुक्त कमैया, कम्लरी र हलियाको पुनर्स्थापनाका लागि सुदूरपश्चिम सरकारले केही सयमअघि कार्यविधि पास गरेकाले यो पटक उत्साहको सम्मेलन हुने र सम्मेलनमार्फत प्रदेश सरकारलाई धन्यवाद दिनुका साथै कार्यविधि कार्यान्वयनका काम तत्काल अगाडि बढाउन अपिल गर्ने योजना रहेको चौधरीको भनाइ छ ।

पुस्तौँ देखि बँधुवा मजदुर सरह जीवन बिताउँदै आएका कमैयालाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०५७ साल साउन २ गते मुक्त घोषणा गरेको थियो । मुक्त घोषणा गरेको २३ वर्ष पुग्दा समेत पूर्ण रुपमा पुनर्स्थापनाका काम नभएका र सम्मेलनले ति कार्यभार पूरा गर्न दबाब सिर्जनाका लागि महत्व पूर्ण सन्देश प्रवाह हुने अधिकारकर्मी अधिवक्ता बालकृष्ण भट्टराईले बताए ।

अधिकांश मुक्त कमैयाको नाममा जग्गा नापी भएको तर लालपुर्जाको मालपोतमा अभिलेख नभएको, केहीको तथ्याङ्क सङ्कलनको क्रममा नाम छुटेकाले उनीहरुलाई परिचयपत्र उपलब्ध गराउनु पर्ने, मुक्त कमैया र कम्लहरीको रोजगारीको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । मुक्त कमैया समाजका अध्यक्ष चौधरीका अनुसार कैलालीमा अझै १ हजार ५ सय र कञ्चनपुरमा ७ सय छुट मुक्त कमैया रहेका छन् । लुम्बिनी र सुदूरपश्चिमका पाँच जिल्लामा ३२ हजार ५ सय ९ घरपरिवार मुक्त कमैया रहेका छन् ।

ती मध्ये २५ हजार १ सय ९५ घर परिवारले ५ धुर देखि १० कठ्ठासम्म जग्गाको लालपूर्जा पाएका छन् भने ६ सय ६१ घरपरिवारको हातमा जग्गा पूर्जा भए पनि जग्गा छैन । १ सय ७३ घरपरिवारलाई लगतबाट नाम हटाएको र २ हजार ३ सय ७५ घरपरिवारलाई पुनर्स्थापना गर्न बाँकी रहेका मुक्त कमैया समाजले जनाएको छ ।

ADD Khali jpg
Loading...