कैलालीको चुरेमा अनुदानमा उन्नत जातका भैँसी वितरण

धनगढी- कैलालीको चुरे गाउँपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा उन्नत जातका भैँसी वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर–३, ५ र ६ का १८ जना किसानलाई अनुदानमा १८ उन्नत जातका दुधालु भैँसी वितरण गरेको हो ।

किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले  गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको गाउँपालिकाका पशु विकास अधिकृत धर्मराज भट्टले बताए । उनले निम्न आयस्रोत भएका अतिविपन्न, गरिब परिवारका किसानलाई भैँसीपालन व्यवसाय तर्फ आकर्षित गर्न तीन वडाका १८ किसानलाई अनुदानमा उन्नत जातका भैँसी वितरण गरिएको बताए ।

Navadurga sun

गाउँपालिकाको चालु आर्थिक वर्षको पशु विकास शाखालाई कुल विनियोजित बजेट ३९ लाखमध्ये १८ लाखको लागतमा दुधालु भैँसी किनेर अनुदानमा उन्नत जातका दुधालु भैँसीसँगै किसानलाई आवश्यक पर्ने सामग्री वितरण गरिएको उनले जानकारी दिए।

पशु विकास अधिकृत भट्टले सो गाउँपालिका पशुपालनका लागि उपयुक्त ठाउँ भएकाले किसानलाई त्यसतर्फ आकर्षित गर्ने खालका कार्यक्रम अघि बढाउँदै लगिने गाउँपालिकाको नीति रहेको बताए । जीविकोपार्जनका लागि विदेश जानुभन्दा गाउँमै पशुपालन र कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न किसान लक्षित अनुदानका कार्यक्रमलाई वर्षेनि बढाउँदै लगिने गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताए ।

किसानलाई दिने अनुदान र उनीहरूले गरेको उत्पादनको बजारीकरणका लागि पालिका निरन्तर समन्य गरेर अघि बढ्ने अध्यक्ष बोगटीको भनाइ छ । व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न अनुदानका कार्यक्रम प्रभावकारी बन्ने विश्वास आफूले लिएको उनले बताए । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...