“हाम्रो नेपाल हामी नेपाली” भ्रष्टाचार विरुद्धको महा-अभियानले एमसीसी बिरूद्धमा प्रशासनलाई ज्ञापनपत्र





अत्तरिया, १० साउन- ‘हाम्रो नेपाल हामी नेपाली’ भ्रष्टाचार विरुद्धको महा-अभियानले एमसीसी बिरूद्धको बिषयमा जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापनपत्र बुझाएको छ । उक्त पत्रमा नेपाल सरकार र अमेरिकन सस्थान एमसीसीका बिचमा ७७ पुष्ट लामो संझौतामा भएको केही बुंदाहरुमा भएका केही आपत्तिजनक सर्तहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता, स्वाधीनता, नागरिक स्वतन्त्रता, राष्ट्रिय सुरक्षा लगायतका केही बिषयमा राष्ट्रघाती कदम भएकाे प्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।


आम नागरिकको भावना को सम्मान गर्दै नेपालको समग्र हितको पक्षमा काम गर्नका लागि नेपाली जनताले मतदान गरि पठाएका माननीय सांसदहरुलाई राष्ट्रको हित तथा नागरिकको हित बिपरित निर्माण गर्ने नैतिक अधिकार हुनु हुदैन भन्ने कुरा उक्त पत्रमा स्पष्ट गरिएको छ । हाम्रो बुझाइमा नेपाल र नेपाली नागरिकको समग्र हित एवंम् बिकासका लागि नेपाल सरकारले भ्रष्टाचारलाई अन्त्य गर्ने, आयकर एवंम् लाभकर छलिलाई पूर्ण रूपमा अन्त्य गर्ने , पारदर्शिता र जवाफदेहितालाई पुर्ण पालना गर्ने कुरालाई ध्यानमा राखि काम गर्न सकेमा हाम्रो देशको साधन श्रोतको उचित प्रयोग नै प्रयाप्त हुन्छ भने हाम्रो अभियानको ठहर रहेको छ।



एमसीसी परियोजनाबाट प्राप्त हुने पचास हजार अमेरिकी डलर बराबरको रकम हाल नेपालमा काम गर्दै आयको एनसीईएलएलबाट हुने लाभकर नै काफी हुने प्रमाणित भैसकेको कुरा एनसीईएलएल लाभ कर प्रकरण सम्मानित सर्वोच्च अदालतले गरेको फैसलाले प्रमाणित गरिदिएको छ । त्यसैले नेपाली जनताको चाहना/भावना बिपरित हाल संसद सचिवालयमा दर्ता भएको एमसीसी संझौता अबिलम्ब र तत्काल खारेजी लागि प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननिय सभामुखलाई यसै ज्ञापनपत्रबाट ध्यानाकर्षण गराउन चाहन्छौं। हाम्रो नेपाल हामी नेपाली, भ्रष्टाचार विरुद्धको महा-अभियान सुदूरपश्चिम प्रदेश कमिटीको तर्फवाट प्रदेश सदस्य खगेन्द्र नाथ योगीले उक्त पत्रमा बुझाएका छन् ।





