मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने दिन कांग्रेसले सदन अवरुद्ध गर्ने

धनगढी- नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने चेतावनी दिएको छ ।असंवैधानिक ढंगले सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेसले विरोध गर्ने चेतावनी दिएको हो ।

निवर्तमान मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले भने, ‘उहाँको (सोडारी) नियुक्ति नै असंवैधानिक छ । जसको विरुद्धमा हामी न्यायालयमा पनि गइसकेको अवस्था हो । उहाँको नियुक्ति नै असंवैधानिक रहेकोले हामी संसदमा विरोध गर्छौं ।’

Navadurga sun

त्यस्तै नेता शाहले मुख्यमन्त्री सोडारीलाई कांग्रेसले पनि सहयोग गर्छ भन्ने भ्रम सिर्जना भइरहेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे । उनले भने, ‘उनले विश्वासको मत पाउने, नपाउने आफ्नो ठाउँमा छ । तर हामी विधि पद्धति तथा संविधानको मर्म र पक्षमा छौँ । त्यसप्रति प्रतिवद्ध पनि छौँ । गलत नजीरको विरुद्धमा हामी छौँ ।’ मुख्यमन्त्री सोडारीले वैशाख २१ गते विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रायोजनका लागि प्रदेशसभा बैठक समेत बोलाएको छ 

ADD Khali jpg
ADD Khali jpg
Loading...