सेती नदीमा बेपत्ता भएका कार चालकको शव तीन दिनपछि फेला

डोटी- सेती नदीमा बेपत्ता भएका कार चालकको शव तीन दिनपछि फेला परेको छ । धनगढी उपमहानगरपालिका-३ कैलालीका अन्दाजी ३८ वर्षीय नर बहादुर तामाङको शव बुधबार फेला परेको हो ।

Dadeldhura hospital

डोटीको शिखर नगरपालिका-८ लुवाखडी स्थित सडक किनारमा कार रोकेर सेती नदिमा नुहाउन गएका चालक तामाङ सोमबार बेपत्ता भएका थिए । धनगढीबाट अछाम तर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कारका चालक तामाङ नुहाउने क्रममा बेपत्ता भएका थिए । तामाङको शव बेपत्ता भएकै स्थानमा फेला परेको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए । बेपत्ता तामाङको खोजी कार्यका लागि अत्तरियास्थित सशस्त्र प्रहरी बल ७ नं. वैद्यनाथ बाहिनीबाट रबर बोटसहित गोताखोर टोली खटिएको थियो ।

Navadurga sun
Godawari sandesh

लामो समयको खोजीकार्य पछि खोजीका लागि अत्तरियाबाट सशस्त्र प्रहरीको गोताखोर टोली झिकाइएको थियो । सशस्त्र प्रहरी बलको गोताखोर टोली, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराई नेतृत्वको टोली र स्थानीयले तीन दिन देखि खोजीकार्य जारी राखेको थियो । शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए ।

Loading...