सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

काठमाडौं- सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सुदूरपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि प्रा. डा. हेमराज पन्त, प्रा. डा. अक्कल देव मिश्र र प्रा.डा. भवानीदत्त जोशीको नाम सिफारिस गरेको हो ।

Dadeldhura hospital

समितिले १२ वैशाखमा उम्मेदवारहरूको विश्वविद्यालय सम्बन्धी सोचपत्र र चार वर्षे व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्ता परीक्षा सञ्चालन गरेको थियो । सोही परीक्षामा पाएको अङ्कका आधारमा योग्यताक्रम अनुसार नाम सिफारिस गरिएको उपकुलपति छनोट तथा सिफारिस समितिका संयोजक विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदको लागि प्रा.डा. अक्कल देव मिश्र, प्रा.डा. तारादत्त भट्ट, प्रा.डा. धु्रव कुमार गौतम, प्रा.डा. पदमराज जोशी, प्रा.डा. पूर्ण बहादुर चन्दले आवेदन दिएका थिए । त्यस्तैगरी प्रा.डा. भवानीदत्त जोशी, प्रा.यज्ञराज पाठक, प्रा.यज्ञराज भट्ट, प्रा.राजेश कुमार ठगुराठीप्रा.डा. हेमराज पन्तले पनि आवेदन दिएका थिए । समितिले २७ चैतमा विश्वविद्यालय सम्बन्धी सोचपत्र र विश्वविद्यालयको चार वर्षे व्यवसायिक कार्ययोजना पेश गर्न अनुरोध गरेको छ ।

यस अघि सिफारिस समितिले बनाएको मापदण्ड कडा भएको भन्दै विरोध भएपछि समितिले ६ फागुनमा दरखास्त सम्बन्धी प्रक्रिया स्थगन गरेको थियो । १२ चैतमा बसेको समिति बैठकले छनोट प्रक्रियालाई निरन्तरता दिँदै १६ चैतको कार्यालय समयभित्र दरखास्त दिन समय अवधि कायम गरेको थियो । सुदूरपश्चिम विश्वविद्यालयमा १८ फागुन देखि उपकुलपति पद रिक्त छ ।

Loading...