


अत्तरिया- नेकपा एमालेको गोदावरी नगर अधिवेशन अगामी जेठ ४ र ५ गते हुने भएको छ । शनिबार बसेको नगर कमिटिको पूर्ण बैठकले नगर अधिवेशन ४ र ५ जेठमा गर्ने निर्णय गरेको नगर अध्यक्ष सन्तोष सिंहले जानकारी दिए ।


उनका अनुसार नगर अधिवेशनका लागी तयारी पनि शुरु गरिएको छ । १२ वडामा अधिवेशन प्रतिनिधि चयन गर्ने निर्णय समेत भएको छ । नगर अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने भएकाले आकांक्षी उम्मेदवारहरूले दौडधुप शुरु गरेका छन ।





