Satyawati
Division ban Pahalmanpur

कैलालीका विभिन्न स्थानमा आगलागीबाट ६ लाख ६० हजारको क्षती

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- कैलालीका विभिन्न स्थानमा आगलागी हुँदा ६ लाख ६० हजारको क्षती भएको छ । कैलालीको गोदावरी नगरपालिका-१२ बस्ने लक्ष्मण वि.क. र श्याम वि.क. को दुईवटा गाई गोठमा आइतबार दिउँसो आगलागी भएको छ ।

Malpot office dadeldhura

आगलागी हुँदा गाई गोठ पूर्ण रुपमा जली अन्दाजी ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उक्त आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैगरी लम्कीचुहा नगरपालिका-५ तिलकपुर बस्ने जगती ढोली नेपालीको भान्सा घरमा आइतबार साँझ आगलागी भएको छ । आगलागी हुँदा भान्सा कोठामा रहेका खाद्यान्न, भाँडा, लत्ता कपडा लगायतका सामानहरू गरि अन्दाजी ९० हजार बराबरको धनमाल जलेर नष्ट भएको हो प्रहरीले जनाएको छ ।

सोही आगलागीबाट सँगै रहेको लक्ष्य ढोली नेपालीको गोठमा समेत आगलागी हुँदा गोठ भित्र रहेका पराल, फल्याक, चौखट लगायतका सामान गरि अन्दाजी ७० हजार बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । विभिन्न स्थानमा आगलागी हुँदा एकै दिन ६ लाख ६० हजारको धनमाल जलेर नोक्सानी भएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...