डडेल्धुरामा पसल र दार्चुलामा घरमा आगलागी हुँदा लाखौंको क्षति

डडेल्धुरा- डडेल्धुरामा पसल र दार्चुलामा घरमा आगलागी हुँदा लाखौं मुल्यको धनमाल जलेर नष्ट भएको छ ।

Dadeldhura hospital

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाका उद्वब दियालको २ कोठे १ तले जस्ता पाताले छाएको पसलमा आगो लागेको हो । पसल नजिकै रहेको लाल चुचरे सामुदायिक वनमा लागेको आगोबाट शनिबार दिउँसो आगलागी हुँदा पसलभित्र रहेका खुद्रा, स्टेशनरी, लत्ताकपडा, भाडाँकुडा लगायतका सामान जलेर नष्ट भएको छ ।

Navadurga sun
Godawari sandesh

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ। प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । उता दार्चुलाको शैल्यशिखर नगरपालिका–९ ठुलसैनीका नरेश दमाइको १ तले १ कोठे खरले छाएको दुईवटा कच्ची घरमा आगलागी भएको छ ।

जङ्गलमा लागेको आगोबाट शनिबार साँझ आगलागी हुँदा घरभित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडा, काठ लगायतका सामान गरेर करिब १० लाख बराबरको धनमाल जलेर नष्ट भएको हो । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Loading...