गोदावरी नगरपालिकाद्वारा संस्थागत विद्यालयहरूलाई उच्च शुल्क नलिन र स्वीकृत पाठ्यपुस्तक अनिवार्य लागु गर्न निर्देशन





अत्तरिया- कैलालीको गोदावरी नगरपालिका शिक्षा शाखाले उच्च शुल्क नलिन र स्वीकृत पाठ्यपुस्तक अनिवार्य लागु गर्न निर्देशन गरेको छ । गत महिनाको आइतबार जारी गरेको सूचना अनुसार यस पालिका भित्र सञ्चालित संस्थागत विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यपुस्तक अनिवार्य रुपमा लागू गरी एकपटक लागू गरिएको पाठ्यपुस्तक कम्तिमा ४ वर्ष सम्म परिवर्तन गर्न नपाउने भनी सूचना जारी गरेको छ ।



त्यसैगरी विद्यार्थीहरूबाट लिइदै आएको शुल्क वृद्धि गर्नु पर्ने भएमा शैक्षिक सत्रको प्रारम्भमा अनिवार्य रुपमा नगरपालिकाबाट अनुमति लिनु पर्ने समेत जानकारी गरेको छ । गोदावरी नगर कार्यपालिकाको कार्यालय शिक्षा, युवा खेलकुद शाखा प्रमुख प्रयागराज जोशीद्वारा हस्ताक्षरित सूचना सबैले पालना गर्न सबैलाई अनुरोध गरेका छन ।






