कैलाली र कञ्चनपुरबाट लागूऔषध सहित ५ पक्राउ

धनगढी- लागूऔषध सहित कैलाली र कञ्चनपुरबाट ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक किशोरी र चार जना युवक रहेका छन् । कैलाली र कञ्चनपुरबाट प्रहरीले एकै दिन लागूऔषध सहित तिनीहरूलाई नियन्त्रणमा लिएको जनाएको हो ।

कैलालीको धनगढी उपमहानगरपालीका–१ की १९ वर्षीया दिक्षा लामिछाने लागूऔषध सहित पक्राउ परेका हुन् । कैलालीको धनगढी उपमहानगरपालिका–९ मसानघाटबाट २ सय १० मिलिग्राम लागूऔषधसहित २५ वर्षीय दिनेश बोहरालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित बोहरालाई नियन्त्रणमा लिएको हो । 

Navadurga sun

त्यस्तै गोदावरी नगरपालिका–२ तेघरीबाट २ सय ५० मिलिग्राम लागूऔषधसहित थप एक जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–२ तेघरीका २५ वर्षीय बिजय लामा शनिबार दिउँसो पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले आफ्नै घरको कोठामा बसिरहेको अवस्थामा उनलाई लागूऔषध सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरबाट शून्य दशमलव २२१ मिलिग्राम लागूऔषध सहित सोही स्थानका २८ वर्षीय हरिश जोशीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो ।

जिल्लाको बेलौरी नगरपालिका–६ बैशाखाबाट पनि १ दशमलव ६५ ग्राम लागूऔषधसहित एक किशोरी र एक युवकलाई पक्राउ गरिएको छ। बेलौरी नगरपालिका–६ का २८ वर्षीय हरिश जोशी लागूऔषध सहित पक्राउ परेका हुन्। शनिबार राति दुबै जनालाई लागूऔषध सहित प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला परेपछि नियन्त्रणमा लिएको हो ।

ADD Khali jpg
Loading...