अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न. ४ को गोदावरी नदीमा रहेको सुदूरपश्चिमकै चर्चित धार्मिक तिर्थ स्थल गोदावरी धामको समिपमा रहेको गोदावरी आर्यघाटमा पानीको समस्या देखिएको छ । हिउँदको सुख्खा मौसममा खोलामा पानी सुक्दा लाशलाई अन्तेस्टी गर्न समेत समस्या देखिएको छ । अन्तिम संस्कार गरिदै आएको गोदावरी आर्यघाट क्षेत्रमा चैत महिनापछि पानी सुकेको हो । नदीमा पानी नभएकाले आर्यघाटमा दाहसंस्कारमा समस्या हुने गरेको छ।




चुरे क्षेत्रको वन मासिनु र बसोबास बढेकाले नदीको पानी सुकेको हुन सक्ने अनुमान गरिएको छ । पानी नभएका कारण अन्तिम संस्कारका लागि बालिएको चिताका काठ तथा कोइलाहरु बगेका छैनन्। नदी किनारमा अन्तिम संस्कारमा प्रयोग भएका कात्रो सहितका कपडाहरु पनि छरपस्त्र फालिएका देख्न सकिन्छ ।





अन्तिम संस्कार गर्न पनि पानीको अभाव भएको बताउदै वडा न ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लले भने, “नदीमा पानी छैन् । पहिलेका वर्षहरूमा यस्तो समस्या थिएन् । यो वर्ष चैत सुरु भए देखि नदीमा पानी छैन । माथितिर सानो पानी भए पिन यो ठाउँमा छैन। अब हामीले यस क्षेत्रमा समस्याको समाधानका लागि पहिले अत्तरिया खानेपानीले निर्माण गरेको बोरिङ बाट पानी निकाली यसै क्षेत्रमा पहिले निर्माण गरिएको दाहसंस्कार गृहमा नै पाइपको पानीबाट सरसफाइ गर्ने ब्यवस्था मिलाउदै छौ, आइतबार देखि नै हामी यो कामको लागि अगाढी बढ्ने बताएका छन ।


त्यसैगरी नगर प्रवक्ता तथा वडा न. १ का वडा अध्यक्ष गोपाल दत्त भट्टले यस सुदूरपश्चिमका ६ वडा पालिकाको केन्द्रको मुख्य दाहसंस्कार गर्ने ठाउँमा पानीको अभाव हुँदै गर्दा यसलाई दिगो समाधानको लागि डिपिआर बनी सकेको र योजना अगाडि बढ्ना साथ यस ठाउँको समग्र विकासका लागि हामीहरू लागि परेको बताएका छन ।
यो वर्ष चैत सुरु भए देखि नै आर्यघाटमा पानीको अभाव भएको हो । आर्यघाट क्षेत्रमा पानी नभएकाले अहिले आर्यघाट देखि केही माथिको क्षेत्रमा अन्तिम संस्कार गर्न थालिएको छ । उनले भने, “आर्यघाट क्षेत्रमा एक थोपा पनि पानी छैन । माथिल्लो क्षेत्रमा अन्तिम संस्कार गरिदै आएको छ ।”
त्यसैगरी अत्तरिया खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष टिका दत्त भट्टले भने सुदूरपश्चिमको महत्वको ठाउँलाई सबैले धार्मिक मान्यता अनुरूप संस्कृति संस्कार अनुरूप काज क्रिया सँगै लाशलाई सतगत गर्न सबैले यसै पवित्र धार्मिक स्थलमा आउनु पर्ने आवश्यकता हुन जान्छ, मैले र अत्तरिया खानेपानीको तर्फबाट पानी ल्याउन वैकल्पिक मार्गका लागि बोरिङबाट भए पनि पानी निकाल्न सदैव साथ र सहयोग गर्ने बताएका छन । चुरे क्षेत्रका जंगलमा भएको दोहन र बसोबासका कारण नदीको पानी प्रत्येक वर्ष कम हुँदै गएको र माथिको बस्तीलाई तल झार्ने र तराईमा एकीकृत बसोबासको विकल्प सोच्नु पर्ने बताएका हुन् ।
त्यसैगरी गोदावरी आर्यघाटको व्यवस्थापनको विषयमा यस ठाउँमा मलामी भएर आउने जनताहरू पनि सचेत हुनु पर्ने जानकारी स्थानीय समाजसेवी तथा अत्तरिया खानेपानीका प्रतिनिधि यादव फुलाराले बताएका छन । यस आर्यघाटमा राखिएको फोहर मलाई भन्ने ठाउँमा फोहर हाल्नु पर्ने, कपडा तथा पानीको बोतल प्रयोग पश्चात जताततै फाल्न नहुने अत्तरिया खानेपानीले खारेको बक्समा फाल्न सबैलाई सुझाव समेत राखेका छन ।
विगत ३-४ महिना देखि गोदावरी आर्यघाटलाई दैनिक जसो सरसफाइ गर्दै आएका स्थानीय व्यावसायी टेक बहादुर खड्का भने, “गोदावरी धामलाई सरसफाइ गर्नु पर्छ, पृत्रीहरुका कपडा दाहसंस्कार पश्चात अलपत्र फालीका कर्मकाण्ड पुरा गरे पनि कपडा तथा अन्य सामाग्री यही आर्यघाट वरिपरि छरपस्ट रुपमा देखिँदा आत्मा कतै त्यही कपडा सँग तड्पी रहेको पो छन की त्यसैले सबैले फोहोर व्यवस्थापन गरौँ ।”




