Division ban Pahalmanpur

डडेल्धुराको महेन्द्र माविमा विद्यार्थीको क्रेज

Sostya office Dadeldhura
Purbadhar dadeldhura

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका–५ खलंगामा रहेको महेन्द्र माध्यमिक विद्यालयमा विद्यार्थीको क्रेज बढ्दै गएको छ । सामुदायिक विद्यालयको पठनपाठन गुणस्तरीय नभएको भन्दै सधैँजसो आलोचना हुने गरेका बेला महेन्द्र माविमा भने विद्यार्थीको आकर्षण बढ्दै गइरहेको छ ।

विद्यार्थीको चाप बढेपछि महेन्द्र माविले नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिएको छ । विद्यालयले शनिबार कक्षा २–९ र प्राविधिक धारमा नयाँ विद्यार्थी भर्ना गर्न प्रवेश परीक्षा लिएको हो । प्रवेश परीक्षामा कूल २ सय ९८ जना सहभागी भएका छन् ।

Malpot office dadeldhura

साधारण धारतर्फ नयाँ भर्ना कक्षा (२–९) का लागि प्रवेश परीक्षा २३५ जना विद्यार्थी सहभागी भएको प्रधानाध्यापक सुरेन्द्र ऐरले जानकारी दिए । उनका अनुसार साधारण धारतर्फ नयाँ भर्ना १७५ सिटका लागि प्रवेश परीक्षा लिइएको हो ।

प्राविधिक धारतर्फ ४८ सिटका लागि ६३ जनाले प्रवेश परीक्षा दिएको विद्यालयका शिक्षक अशोक बमले जानकारी दिए। उनका अनुसार जिल्ला र जिल्ला बाहिरका विद्यार्थी पनि प्रवेश परीक्षामा सहभागी छन् । गत वर्ष एक हजार ५ सय ५४ जना विद्यार्थी भर्ना भएका थिए ।

जिल्ला सदरमुकामका निजी विद्यालय विद्यार्थी खोज्नका लागि गाउँगाउँ धाइरहेका बेला महेन्द्र माविमा भने विद्यार्थीको चाप छ । सामुदायिक विद्यालय भए पनि महेन्द्र माविमा कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा र कक्षा ६ देखि १० सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा पठन पाठन भइ रहेको छ ।

शैक्षिक सत्र २०७० देखि कक्षा ९–१० सम्म प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङको पठनपाठन सञ्चालन गरी २०७२ सालदेखि प्राविधिक धार तर्फ कक्षा ११–१२ को समेत पठनपाठन विद्यालयमा हुँदै आएको छ । टाढाका विद्यार्थीका लागि २ वटा स्कुल बसको व्यवस्था गरे सँगै महेन्द्र माविमा विद्यार्थीको आकर्षण थप बढेको हो । विद्यालयको स्थापना २०१४ सालमा भएको थियो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...