काठमाडौं- नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद मिल्नेतर्फउन्मुख छ । खासगरी संस्थापक रेशमलाल चौधरी र पार्टीकी संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवादको कारण पार्टी विभाजनको मुखमा थियो । तर, यी दुईबीच सम्बन्धमा नाटकीय सुधार आएको छ । रेशमले आज रञ्जितालाई पार्टी र सरकार दुवै चलाउन अनुमति दिएका छन् ।
रञ्जितासँगको तस्विर साझा गर्दै रेशमले अब लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने घोषणा गरेका छन् । रेशमले महासचिव ठाकुरसिंह थारुलाई साँक्षी राखेर पार्टी र सरकार दुवै रञ्जितालाई नै चलाउन दिने आग्रह गरेको कुरा पनि सञ्जालमा पोस्ट्याएका छन् ।
उता, रञ्जिताले पनि नागरिक उन्मुक्ति पार्टी जसको हो उसैको हो भन्दै रेशमलाई नै संस्थापक स्विकारेकी छिन् । उनले आफ्नो पार्टीभित्र धेरै खेलन नखोजे हुने चेतावनी दिएकी छिन् । उनले आफूहरु दुई पति पत्नीलाई छुट्याएर कसैको केही नहुने भन्दै सचेत गराएकी छिन् ।