कैलालीको अत्तरियामा संचालनमा आयो अत्तरिया स्केटिङ्ग 

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न. २ को अत्तरिया चोकको सिटी सेन्टरको तेस्रो तलामा अत्तरिया स्केटिङ्ग संचालनमा आएको छ । पछिल्लो समय बालबालिकामा मोबाईलको लत बढ्दै गएकोले उनीहरुलाई खेल तर्फ आकर्षित गर्नका लागि अत्तरिया स्केटीङ्ग संचालनमा ल्याईएको संचालक भुवन महराले बताए । करिव २० लाखको लागतमा अत्तरिया स्केटीङ्ग संचालनमा ल्याएको उनले जानकारी दिए । 

उद्घाटन क्रममा बोल्दै स्ववियु सभापति भुवन महराले यो एउटा साहसी खेल भएकोले अरु खेल भन्दा गाह्रो हुने भएकाले प्रशिक्षकहरूको व्यवस्था पनि गरिएको बताए । पछिल्लो समय युवा पुस्ताहरू विभिन्न किसिमको कुलतहरूमा फसेका कारण ती त्यस्ता युवाहरूलाई यस खेलको माध्यमबाट केही सहज हुने उद्देश्यले अत्तरिया स्केटिङ्ग सञ्चालन ल्याएको बताए । 

त्यस्तै अत्तरिया स्केटिङ्गका सञ्चालक प्रकाश महराले स्केटिङ्ग यस क्षेत्रका नौलो भएको बताउँदै युवा पुस्ताका बालबालिकाहरूका लागि यो खेल महत्व पूर्ण नै रहेको  बताएका हुन् । यस खेलमा उत्कृष्ट खेलाडीहरूलाई देश भित्र र देश बाहिरका विभिन्न प्रतियोगिताहरूमा सहभागी गराउने लक्ष्य समेत रहेको उनले बताए । 

त्यस्तै उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहराले उत्कृष्ट कार्यलाई धन्यवाद दिँदै विदेशी क्षेत्रमा स्केटिङ्ग खेल उत्कृष्ट भएको बताए । हाम्रो क्षेत्रको लागि नयाँ भएको सबैले स्वास्थ्य रहन खेललाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

अत्तरियामा पहिलो पटक स्केटिङ संचालनमा आएपछि यस खेलमा रुची राख्नेहरुले सिक्ने र खेलमा सहभागिता जनाउने संचालकहरुको अपेक्षा रहेको छ । खेल सिकाउनका लागि अनुभवी प्रशिक्षक सँगै सम्भावित दुर्घटनालाई ख्याल गरी सुरक्षाका सामाग्री प्रयोगको ब्यवस्था गरिएको महराले जानकारी दिए । 

Loading...