Satyawati
Division ban Pahalmanpur

कैलालीको गोदावरीमा ‘सुदूरपश्चिम राजधानी मेयर कप’ सुरु

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गोदावरीमा ‘सुदूरपश्चिम राजधानी मेयर कप’ सुरु भएको छ । पि एफ ए स्पोर्ट्स क्लबको आयोजनामा शुरु भएको उक्त कपको आज (शुक्रबार) एक कार्यक्रमका बिच गोदावरी नगरपालिका वडा नगरपालिका वडा नम्बर १ का अध्यक्ष एवम् नगर प्रवक्ता गोपालदत्त भट्टले उद्घाटन गरेका हुन् ।

Malpot office dadeldhura

गोदावरी – ८ स्थित शिवभक्ति युवाक्लबको खेल मैदानमा भइरहेको उक्त प्रतियोगिता २२ गतेसम्म सञ्चालन हुनेछ । १२ ओटा टिम सहभागी रहेको २२ प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँ पुरस्कारसँगै ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ ।

त्यस्तै द्वितीय हुने टिमले १ लाख नगद संगै ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षकले १० हजार पाउनेछ भने उत्कृष्ट मध्य मैदान खेलाडी तथा उत्कृष्ट अग्र मैदान खेलाडीले १० हजार पाउनेछ ।

त्यसैगरी प्रतियोगितामा म्यान अफ द म्याचका लागि ३३ हजार रुपैयाँ छुट्याइएको छ । उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलकर्तालाई १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा गोदावरी नगरपालिका रहेको छ । यस्तै  सह- प्रायोजकमा बाह्रबन साझेदारी बन रहेको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...