धनगढीमा किशोरकिशोरी नै लागूऔषधमा

धनगढी- कैलालीको धनगढीमा किशोरकिशोरी नै लागूऔषध सेवन देखि ओसारपसार सम्मै संलग्न हुने गरेको पाइएको छ । कानुनी रुपमा अपराध मानिएको लागूऔषध सेवन, ओसारपसार र बिक्री वितरणमा समेत किशोरकिशोरी प्रयोग भइरहेको पाइएको हो। केही वर्ष अघि सम्म पुरुष मात्र लागूऔषधमा संलग्न हुने गरेकोमा पछिल्लो समय युवायुवती हुँदै किशोरकिशोरी नै यस्तो कार्यमा संलग्न हुने गरेको विवरण दैनिक रुपमा सार्वजनिक हुँदै आएको छ।

Dadeldhura hospital

मंगलबार मात्र धनगढी उपमहानगरपालिका–७ बाट धनगढी–२ का १८ वर्षीय दिलिप रानालाई प्रहरीले लागूऔषध सहित नियन्त्रणमा लिएको छ। उनी ९० मिलिग्राम लागूऔषध सहित पक्राउ परेका हुन्। हिजो साँझ नै एक किशोरी पनि लागूऔषध सहित पक्राउ परेकी छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगरबाट धनगढी–३ मै बस्ने १९ वर्षीया चेतना सेट्टी तीन सय ६० मिलिग्राम लागूऔषध सहित पक्राउ परेकी हुन् ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी मंगलबार नै थप दुई जना किशोर पनि लागूऔषध सहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट सोही स्थानका १९ वर्षीय मानवीर चौधरी र १९ वर्षकै सविन महतोलाई प्रहरीले लागूऔषध सहित नियन्त्रणमा लिएको छ । पाँच ग्राम चार सय ३० मिलिग्राम लागूऔषध सहित दुबै जना किशोर पक्राउ परेका हुन् । यसरी एकैदिन एक किशोरी र चार जना किशोर लागूऔषध सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

धनगढीमा किशोर लागूऔषधमा मात्र नभएर चोरीमा समेत संलग्न हुने गरेको पाइएको छ । मंगलबार कञ्चनपुरको वेदकोट नगरपालिका–२ का १८ वर्षीय सन्देश खत्री र सोही स्थानका १९ वर्षीय लोकेश बोहरा तीनवटा मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका–४ का रामबहादुर शाही, धनगढी उपमहानगरपालिका–३ का २२ वर्षीय निरज चौधरी र धनगढी उपमहानगरपालिका–४ का राहुल ओझाको मोटरसाइकल उनीहरूले चोरी गरेका थिए ।

Loading...