मेयर सँग ज्येष्ठ नागरिक स्वास्थ्य प्रबर्द्धन अन्तरगत स्वास्थ्यकर्मी सँग अभिमुखीकरण कार्यक्रम

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा मेयर सँग ज्येष्ठ नागरिक कार्यक्रम अन्तरगत स्वास्थ्यकर्मी सँग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रमको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले ब्यानर वाचन गरी उद्घाटन गरेका हुन । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, स्वास्थ्य अधिकृत बिर बहादुर कुँवर लगायत पालिका भित्र कार्यरत स्वास्थ्य कर्मीहरूको उपस्थिति रहेको थियो ।

udhok dadeldhura

स्वास्थ्यकर्मी सँग अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले ज्येष्ठ नागरिकको हितका लागि ज्येष्ठ नागरिक कल्याणकारी कामहरू थालनी गर्न लागेको बताएका हुन । ज्येष्ठ नागरिकको अनुभव, सल्लाह सुझाव र आशीर्वादले नयाँ पुस्तालाई सही मार्गमा अगाडि बढ्न प्रेरणा मिल्ने बताउँदै यस्तो पुण्य काम गरेको र यसपालि पनि हामीले उक्त कार्यक्रमलाई अगाडि बढाएको उनले बताए ।

नगरपालिकाले सञ्चालन गरेका कार्यक्रममा ज्येष्ठ नागरिक प्रत्यक्ष सहभागी हुन नसक्ने हुँदा तिनका विचारलाई पालिकाको हितमा सदुपयोग गर्न ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम ल्याउन लागिएको हो । यो अभियान अन्तर्गत सबै वडामा ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरू को ब्लड प्रेसर, सुगर, अक्सिजन लेभल परिक्षण गर्ने र आवश्‍यकता अनुसार उपचार गर्ने स्वास्थ्य शाखाले जनाएको छ ।

शाखाका प्रमुख नवराज अवस्थीका अनुसार वडामा खटिने स्वास्थ्यका कर्मचारीहरूले आफ्नो समय मिलाएर वडा मै गएर स्वास्थ्य चेकजाँच गर्ने छन् । त्यसैगरी ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने र सरकारले तोकेका औषधि सबै निःशुल्क वितरण गरिने स्वास्थ्य शाखा प्रमुख अवस्थीले जानकारी दिए ।

Loading...