Satyawati
Division ban Pahalmanpur

कैलालीको धनगढी सहिद गेटबाट चोरी भएको मोटरसाईकल फेला

Purbadhar dadeldhura

धनगढी- कैलालीकाे धनगढी सहिद गेटबाट चोरी भएको मोटरसाईकल फेला परेको छ । चोरी गर्ने २ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोत नगरपालिका वडा नम्बर–२ बसन्थलाका १८ वर्षीय सन्देश खत्री र बेदकोत नगरपालिका वडा नम्बर–२ को १८ वर्षीय लोकेश बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

Malpot office dadeldhura

बेदकोत नगरपालिकाको स्थानीयले देखेपछि बाइक धनी निरज चौधरीलाई खबर गरेपछि प्रहरीको सहकार्यमा चौधरीसहितको टोली गएर चोरी गर्ने दुबै युवकलाई पक्राउ गरिएको छ । अहिले ती युवकलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरेर सर्वजनिक गर्ने जनाएको छ । 

धनगढी उपमहानगरपालिका–४ चटकपुर सहिद गेटको एम कलर सेन्टरको अगाडी राखेको निरज चौधरीको सुदूरपश्चिम प्रदेश ०१०१० प ७९७८ नम्बरको २०० सिसि एनएस बल्याकग्रे कलरको मोटरसाईकल आइतवार राति १ बजे देखि २ बजेको बिचमा चोरी भएको थियो । 

Dadeldhura Aspatal & Ban
Loading...