Satyawati
Division ban Pahalmanpur

धनगढी ३ को वडा कार्यालयद्वारा १ सय १० महिलालाई सहयोग

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- धनगढी वडा नम्बर ३ को कार्यालयले गर्भवती तथा सुत्केरी महिलालाई सहयोग गरेको छ । मंगलबार वडा कार्यालयले ६० जना सुत्केरी र ५० जना गर्भवती गरी ११० महिलालाई सहयोग गरेको जनाएको हो ।

गर्भवती महिलालाई एक क्रेट अन्डा, एक पाकेट बदाम र पिस्ता र एक पिस साबुन प्रदान गरिएको वडा अध्यक्ष राज बहादुर ऐरले बताए । यस्तै, सुत्केरी आमालाई एक क्रेट अन्डा, बच्चालाई मालिस गर्ने तेल, स्याम्पू, स्कापबेबी पाउडर वितरण गरिएको वडा अध्यक्ष ऐरले जानकारी दिए । सुत्केरी र गर्भवती आमाको पोषणमा सहयोग पुगोस् भनेर पोषणयुक्त सामाग्री वितरण गरिएको वडा अध्यक्ष ऐरको भनाई छ ।

Dadeldhura Aspatal & Ban
Loading...