यार्सागुम्बा सहित एक महिला पक्राउ





दार्चुला, ९ साउन- दार्चुलामा एक महिला यार्सागुम्बासहित पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा जिल्लाको महाकाली नगरपालिका वडा नं. ४ की ४० वर्षीया दीपा महरा रहेको प्रहरीले जनाएको छ ।


उनलाई शुक्रबार साँझ २४० ग्राम अवैध यार्सागुम्बा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यार्सागुम्बासहित महरालाई डिभिजन वन कार्यालय बुझाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



