धनगढी- कैलालीको मोहन्यालमा आगलागी भएको छ । कैलालीको मोहन्याल गाउँपालिका–६ बिजगडा बस्ने शिकुराम जैशीको घर र गोठमा जंगलमा लागेको आगोबाट मंगलवार साँझतिर आगलागी भएको हो ।
जैशीको घरमा आगलागी हुँदा घर भित्र रहेका अन्नपात, लत्ताकपडा लगायतका सामानहरु गरि अन्दाजी १ लाख ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।