गोदावरीबाट कच्चा पदार्थ सहित अवैध घरेलु मदिरा बरामद गरी नष्ट

Dadeldhura hospital

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाबाट कच्चा पदार्थसहित अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ । सोमबार इलाका प्रहरी कार्यालय मालाखेती र मातहत समेतवाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित मझगाँउबाट ५० लिटर अवैध घरेलु मदिरा र ३४० लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरेको हो ।

त्यस्तै वडा नम्बर ४ बाट गोदावरी मंगलबार घरेलु मदिरा बनाउन प्रयोग हुने अन्दाजी १५ किलो बल्मा नामक औषधी फेला पारी बरामद गरि नष्ट गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...