कैलालीको अत्तरीयामा रहेको प्रेरणा सपिङ्ग सेन्टर आगलागी

अत्तरिया- कैलालीको अत्तरीया स्थित हेन्द्रनगर रोडमा रहेको प्रेरणा सपिङ्ग सेन्टर आगलागी भएको छ। गोदावरी नगरपालिका–१ महेन्द्रनगर रोड स्थित कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ बस्ने प्रेरणा पाण्डेले सञ्चालन गरेको प्रेरणा सपिङ्ग सेन्टरमा मंगलवार राति आगलागी भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

आगलागी हुँदा पसल भित्र रहेका सम्पुर्ण समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। पसलमा भएको आगलागीको क्षतीको विवरण आउन बाँकी रहेको छ। उक्त आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...