अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ८ जमुनानगर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धी एकीकृत शिविर सञ्चालन गरिएको छ । मंगलबार गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा उक्त शिविर संचालन गरिएको हो ।

शिविरमा महिलाहरूको आङ खस्ने समस्या पाठेघरको मुखको क्यान्सर र एसटीआई को स्किनिङ परीक्षण र उपचार सम्वन्धी कार्य गरिएको थियो । सेती प्रादेशिक अस्पतालकी डा. जस्मिता बलम्पाकीको नेतृत्वमा स्वास्थ्य सेवा प्रदान गरिएको थियो । कार्यक्रममा गोदावरी नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत नवराज अवस्थीको उपस्थिती रहेको थियो ।
जमुनानगर आधारभूत स्वास्थ्य सेवा केन्द्रका अहेव देवराज बिनाडी, अहेव यशोदा बिष्ट, अनमि किरण पन्त, छाया शाह, लक्ष्मी भुसाल माया गुरुङ नर्सिङ स्टाफ शान्ति बलम्पाकीले उक्त शिविरमा आ-आफ्नो क्षेत्रबाट सहयोग गरेका थिए । कार्यक्रममा जनस्वास्थ्य अधिकृत अवस्थिले जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि यस्ता कार्यक्रमहरुको महत्वपूणर् योगदान रहने बताएका थिए ।
शिविरकी प्रमुख डा. बलम्पक्कीले गरिब जनताहरूलाई वडा कार्यालयको सिफारिसमा प्रादेशिक अस्पतालले निःशुल्क चेक जाँच गरे पनि केही सामान्य औषधिहरु बाहेक अरु औषधि उपलब्ध गराउन नसकेको बताइन ।