गोदावरीमा प्रजनन स्वास्थ्य सम्वन्धी शिविर सञ्चालन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं.जमुनानगर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धी एकीकृत शिविर सञ्चालन गरिएको छ । मंगलबार गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा उक्त शिविर संचालन गरिएको हो ।

Dadeldhura hospital

शिविरमा महिलाहरूको आङ खस्ने समस्या पाठेघरको मुखको क्यान्सर र एसटीआई को स्किनिङ परीक्षण र उपचार सम्वन्धी कार्य गरिएको थियो । सेती प्रादेशिक अस्पतालकी डा. जस्मिता बलम्पाकीको नेतृत्वमा स्वास्थ्य सेवा प्रदान गरिएको थियो । कार्यक्रममा गोदावरी नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत नवराज अवस्थीको उपस्थिती रहेको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

जमुनानगर आधारभूत स्वास्थ्य सेवा केन्द्रका अहेव देवराज बिनाडी, अहेव यशोदा बिष्ट, अनमि किरण पन्त, छाया शाह, लक्ष्मी भुसाल माया गुरुङ नर्सिङ स्टाफ शान्ति बलम्पाकीले उक्त शिविरमा आ-आफ्नो क्षेत्रबाट सहयोग गरेका थिए । कार्यक्रममा जनस्वास्थ्य अधिकृत अवस्थिले जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि यस्ता कार्यक्रमहरुको  महत्वपूणर् योगदान रहने बताएका थिए ।

शिविरकी प्रमुख डा. बलम्पक्कीले गरिब जनताहरूलाई वडा कार्यालयको सिफारिसमा प्रादेशिक अस्पतालले निःशुल्क चेक जाँच गरे पनि केही सामान्य औषधिहरु बाहेक अरु औषधि उपलब्ध गराउन नसकेको बताइन ।

Loading...