बैतडीमा स्थानीयले थापेको पासोमा पर्‍यो चितुवा

बैतडी- बैतडीमा स्थानीयले थापेको पासोमा चितुवा परेको छ । आज सोमवार बैतडीको सिगास गाउँपालिका–९ च्वाँ भेरीखोलामा स्थानीयले थापेको पासोमा परेको डिभिजन बन कार्यालय बैतडीले जनाएको छ ।

डिभिजन बन कार्यालय प्रमुख दिलिप कुमार यादवले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली आएपछि मात्रै पासोमा परेको चितुवाको उद्धार गरिने बताए। डिभिजन बन कार्यालयको टोली र प्रहरीको टोटी उक्त क्षेत्रमा खटाइसकेको उनले जानकारी दिए ।

सोमबार बिहान ९ बजेको समयमा चितुवा पासोमा परेपछि स्थानीयले प्रहरी तथा वन कार्यालयमा खबर गरेको उदयदेव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिनेश चन्दले बताए । पासो किन र केका लागि थापेको हो भन्ने खुलेको छैन् । सो सम्बन्धमा अनुसन्धान भैरहेको डिभिजन बन कार्यालय बैतडीले जनाएको छ ।

Loading...