सुदूरपश्चिम विश्वविद्यालयका ३ सय ७६ जना विद्यार्थी दीक्षित

कञ्चनपुर- सुदूरपश्चिम विश्वविद्यालयका नौ विद्यार्थीले स्वर्ण पदक प्राप्त गरेका छन् । महेन्द्रनगर स्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित चौथो दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वर्ण पदकबाट विभूषित गरेका हुन् ।

Dadeldhura hospital

दीक्षान्त समारोहमा दीक्षित तीन सय ७६ बढी विद्यार्थीहरूमध्ये नौ जनाले स्वर्ण पदक, एक जनाले चान्सलर पदक र एक जनाले भाइस चान्सलर पदक प्राप्त गरे । विश्वविद्यालयको केन्द्रीय क्याम्पसका विद्यार्थी व्यवस्थापन सङ्कायबाट स्नाकोत्तर हेमन्त भट्टले चान्सलर पदक प्राप्त गरेका छन् । इन्जिनियरिङ सङ्कायमा स्नातक नवीन प्रसाद जोशीले भाइस चान्सलर पदक प्राप्त गरे । केन्द्रीय क्याम्पसका नीरा कुमारी जोशी, गणेशदत्त शर्मा, हेमन्त भट्ट, हरिश प्रसाद अवस्थी, अभिषेक नेगी, सुनील थापा, नवीन प्रसाद जोशी र टीकापुर बहुमुखी क्याम्पसका विरेन्द्र चौधरी र टार्जन भण्डारीले स्वर्ण पदक प्राप्त गरे ।

Navadurga sun
Godawari sandesh

दीक्षान्त समारोहमा इन्जिनियरिङ सङ्कायका १७ जना, विज्ञान तथा प्रविधि सङ्कायका २२ जना, व्यवस्थापन सङ्कायका एक सय ३९ जना, मानविकी सङ्कायका ६८ जना, शिक्षा शास्त्रका एक सय जना र कृषि विज्ञान सङ्कायका ३० जना गरी तीन सय ७६ जना विद्यार्थी दीक्षित भए । वि.सं २०६८ मा स्थापना भएको विश्वविद्यालयले वि.सं २०७१ देखि शैक्षिक कार्यक्रमअघि बढाएको थियो । विश्वविद्यालयको केन्द्रीय र आङ्गिक गरी १६ क्याम्पसमा २३ हजार तीन सय ९९ विद्यार्थी अध्ययनरत छन ।

Loading...