कैलालीको गोदावरीका दुई जनाको भान्सा घरमा आगलागी

अत्तरिया- कैलालीमा दुई जनाको भन्सा घरमा आगलागी भएको छ । जिल्लाको गोदावरी नगरपालिका–९ बल्मीका दुई स्थानीयको टीनले छाएको कच्ची भान्सामा आज (शनिवार) आगलागी भएको हो ।

आगलागीबाट भान्सा कोठा भित्र रहेका सरसामान जली अन्दाजी १ लाख ३० हजार बराबरको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ । आगलागीको कारण खुलेको छैन् । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।

Loading...