बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बझाङ, ८ साउन– बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका–११ धामीलेकमा घाँस काट्ने क्रममा २८ वर्षीय महेश्वरी जोशी भिरबाट लडेकी थिईन्।

भिरबाट लडेर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत लगिएको थियो। उपचारका क्रममा जोशीको अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले जानकारी दिए। घर नजिकैको तिनतोशी घाँस काट्न गएकी जोशी बिहीबार साँझ लडेर गम्भीर घाइते भएको उनले बताए।

Navadurga sun

 

ADD Khali jpg
ADD Khali jpg
Loading...