धनगढी- सुदूरपश्चिम प्रदेशमा नवनियुक्त मुख्यमन्त्री दीर्घ साेडारीले पदभार ग्रहण गरेका छन् । बिहीबार राति करिब साढे ९ बजे उनले पदभार ग्रहण गरेका हुन् ।
नेकपा माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्तिका २, स्वतन्त्रका १ र एकीकृत समाजवादी पार्टीका ४ जना सांसदको लिखित सर्मथन साेडारी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
पदभार ग्रहण क्रममा उनले प्रदेश सरकार मातहतका मन्त्रालय तथा कार्यलयमा अनुगमन गर्न निर्देशन दिने निर्णय गरेका छन् । सोडारीलाई बिहीबार साँझ प्रदेश प्रमुख नाजिर मियाँले नवनियुक्त मुख्यमन्त्रीका रूपमा पद तथा गाेपनीयताकाे शपथ गराएका थिए ।