नेविसंघले गोदावरी र गौरीगंगामा बुझायो १७ बुँदे ज्ञापनपत्र

अत्तरिया- नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कैलालीको गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकामा १७ बुँदे ज्ञापनपत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले  देशभरका स्थानीय तहमा ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तरगत गोदावरी र गौरीगंगामा पनि बुझाइएको हो ।

नेविसंघका केन्द्रीय सदस्य डण्डी राज जोशी (दिपेश) लगायतका विद्यार्थीहरूले गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टलाई तथा गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीलाई नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापनपत्र बुझाएका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

उनीहरूले विद्यालय शिक्षालाई पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने, शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन गर्नुपर्ने, शिक्षा क्षेत्रको बजेट वृद्धि गर्नुपर्ने लगाएका माग राखेका छन् ।

त्यस्तै ज्ञापनपत्रमा विद्यालयमा कार्यरत कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम नहुने गरी भुक्तानी गर्नुपर्ने, वार्षिक शैक्षिक योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनु पर्ने लगायत उल्लेख गरिएको नेविसंघ केन्द्रीय सदस्य जोशीले बताए ।

त्यस्तै १७ बुँदे माग पत्रमा प्रविधि मार्फत बालबालिका माथि हुने उत्पीडन एवं दुर्व्यवहार रोक्न ठोस नीति निर्माण गर्नुपर्ने, लागू औषध दुर्व्यसन रोक्न ठोस नीति कार्यान्वयन गर्नु पर्ने लगायत उल्लेख छ ।

Loading...