सुदूरपश्चिम विश्वविद्यालयका ३ सय ७६ विद्यार्थी दीक्षित हुँदै 

कञ्चनपुर- सुदूरपश्चिम विश्वविद्यालयले वैशाख दोस्रो साता चौथो दीक्षान्त समारोह गर्ने भएको छ । सुदूरपश्चिम विश्वविद्यालयले आगामी आइतबार बैशाख ९ गते चौथो दीक्षान्त समारोह गर्न लागेको हो ।

दीक्षान्त समारोहको तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक अनुराधा रोकायाले कुल १ हजार ३ सय ३७ विद्यार्थी मध्ये ३ सय ७६ जना प्रत्यक्ष दीक्षित हुने बताइन् ।

Navadurga sun

‘हामीले यस पटक अनलाइन पनि फारम संकलन गरेका थियौँ,’ ‘उनले भने, ‘स्थानीय स्तरमै नभएका बाह्य क्षेत्रमा रहेका विद्यार्थीको सहजताका लागि अनलाइन फारम भर्ने व्यवस्था गरेका थियौँ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा हुने कार्यक्रममा कुमाउ विश्वविद्यालयका कुलपति दिवान सिंह रावतको प्रमुख आतिथ्य हुनेछ ।

उक्त दीक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ सहित सहभागिता हुनेछन् । सुदूरपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति कर्ण बहादुर थापाले यसपटकको दीक्षान्त समारोह समयमै हुने बताए । 

ADD Khali jpg
ADD Khali jpg
Loading...