Division ban Pahalmanpur

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कैलाली– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन हो । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय बिहीबार साँझ ५ बजे सकिँदैछ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेश गर्ने तयारी गरेका छन् । त्यसका लागि एकीकृत समाजवादी बिहीबार बिहानै देखि छलफलमा जुटेको छ ।

Malpot office dadeldhura

तर नेकपा (एमाले) भने अझै निर्णयमा पुग्न सकेको छैन । नेकपा (एमाले) ले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न चाहेको छैन । एकीकृत समाजवादीबाट मुख्यमन्त्री बन्दा आपत्ति नहुने तर पात्र परिवर्तन गर्नु पर्ने एमाले नेतृत्वको चाहना छ ।

गत आइतबार संविधानको धारा १६८ (२) अनुसार नै नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरी र लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा छुट्टाछुट्टै दाबी पेश गरेका थिए । कैलासले नेकपा (एमाले) का १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका २ र स्वतन्त्र सांसद तारा जोशीको समर्थन रहने गरी दाबी पेश गरेका थिए ।

लक्ष्मण किशोरले नेपाली कांग्रेसका १८, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका ५ र राष्ट्रिय प्रजातन्त्र पार्टीको १ सांसदको समर्थन रहने गरी दाबी पेश गरेका थिए । तर प्रदेश प्रमुख मियाँले दुवै दाबी खारेज गर्दै दुई दिनको समय दिएर पुनः मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न भनेका थिए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...