अत्तरिया- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गोदावरी नगर कमिटी कैलालीको संगठन सुद्रीढिकरण तथा विस्तार अभियान सञ्चालन गरिएको छ। बुधबार एक कार्यक्रमको आयोजना गरी श्रीपुर खानेपानीको प्राङ्गणमा सम्पन्न गरिएको हो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका गोदावरी नगर सचिव कमरेड राम भाटको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा पार्टी कै केन्द्रीय सदस्य दिनेश थापा समुद्र प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथि क्रान्तिकारी पार्टीका केन्द्रीय सदस्य तथा नगर इन्चार्ज टंक कोइराला रहेका थिए ।
कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि थापाले हामीहरू महिलाहरूको अधिकारहरू प्राप्त हुँदै गइरहेका बेलामा खुसी व्यक्त गरे इतिहासमा जबजब जनताहरू एकजुट हुँदै गए । तबतब निरङ्कुशताले घुँडा टेक्न बाध्य भएको बताउँदै देशमा क्रान्तिकारी सङ्गठनमा लागेर सबैले एकजुट भएर दलाल पुँजीवादी संसदीय व्यवस्था विरुद्ध लाग्नुपर्ने बताए उनले अहिलेको व्यवस्था नै गलत भएकोले वैज्ञानिक समाजलाई ल्याउनुपर्ने कार्यको विकल्प नरहेको बताए देशमा महिला राष्ट्रपति समेत भइसकेको गाँस बास कपास स्वास्थ्य शिक्षा र रोजगारीको हक सबैलाई पुँजीवादी संविधानले समेत दिएको तर दलाल पूँजीवादीहरूले यसै संविधानलाई समेत कार्यान्वयन गर्न नसकेको बताए ।
२०१० सालमै सहित भीमदत्त पन्तले किसान आन्दोलन गरेको तर उनलाई मारी सामन्तहरूले आन्दोलनको समाप्त गरेका थिए । अब हुने आन्दोलनमा महिला किसान दलित र पिछडिएका वर्गहरू सबैले संलग्न हुनुपर्ने बताए । उनले भने, ‘प्रचण्डले जनताको अधिकारको लागि जनयुद्ध लडेको भने पनि उहाँ अहिले संसदीय भासमा डुबी सकेको छ ।’
त्यस्तै विशिष्ट अतिथि टंक कोइरालाले वैद्य नेतृत्वको पार्टीले सुकुम्बासीहरूलाई लालपुर्जा दिलाउने हरैया शिविरमा पार्टीले कब्जा गरेको २३ बिघा र ऐलानी भएको चार बिघा जग्गा तत्कालीन प्रचण्ड नेतृत्वका लेखराज भट्टले फेरि जमिन्दारलाई नै फिर्ता हुँदा चुप लागेर बसेको बताए । ‘हामीले नागरिकता विधेयकको होस् वा एमसीसीको होस् जोडदार विरोध गरि रहेको जनताका आधारभूत अधिकार युवाको विदेश तथा भारत पलायन र त्यहाँ भएको सस्तो नेपाली श्रम को विकल्प हुनुपर्ने आदि समस्याहरू समाधान नभए हामीहरूले फेरि बन्दुक उठाउनु पर्ने देखिन्छ ।’ उनले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारिकरणको पनि हामीहरू विरोध गर्दछौँ ।’
अतिथिहरूमा क्रान्तिकारी पार्टीकी प्रदेश सदस्य मिना कडाल पार्टीकै जिल्ला सदस्य बसन्ती थापा जिल्ला सदस्य तारा बिक नगर सदस्य जलु दमाई, न्युज ग्लोबल फोर्सका नारायण पाण्डे, वैज्ञानिक रूपान्तरणका लक्ष्मी भट्ट, नगर सदस्य श्याम नेपाली, युवा सङ्गठनका नरेन्द्र साउद, विद्यार्थी नगर कमिटी सदस्य विष्णु साउद, मजदुर सङ्गठनका नगर संयोजक किक्क साउद लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सदस्य श्याम नेपालीले प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी का प्रदेश सदस्य हरि नारायण रानाले गरेका थिए ।
कार्यक्रममा १७ सदस्य ७ नम्बर वडा कमिटीको गठन गरिएको थियो । जसमा अध्यक्ष जलु दमाई, सदस्यहरुमा दिल बहादुर आउजी, देवी दमाई, जग्गु दमाई, दुरे दमाई, ललिता जोरा, श्याम दमाई, शोभा नागरी, जमुना दमाई, धना नागरी, अनिता सुनार, देउसरा बिक, महिना बिक, चाफा नेपाली र गौरी थापा लगायतका रहेका थिए ।