कैलालीको अत्तरियामा ‘सुदूरपश्चिम राजधानी मेयर कप’ हुने

RBB Bank Suvakamana
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको अत्तरियामा विगत जस्तै ‘सुदूरपश्चिम राजधानी मेयर कप’ हुने भएको छ । आयोजक पि एफ ए स्पोर्ट्स क्लबले  बुधबार पत्रकार सम्मेलन गरेर कपको बारेमा जानकारी गराइएको हाे । वैशाख १४ गते देखी २२ गते सम्म सुदूरपश्चिम राजधानी मेयर कप सञ्चालन हुने  क्लबकी उपाध्यक्ष भगवती साँउदले बताइन । 

Malpot office dadeldhura

कपमा १२ ओटा टिम सहभागी रहने छन ।  उक्त प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँ पुरस्कार संगै ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।  त्यस्तै दोस्रो  हुने टिमले १ लाख नगद संगै ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ । 

त्यस्तै सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोल रक्षकले १० हजार पाउनेछ भने उत्कृष्ट मध्य मैदान खेलाडी तथा उत्कृष्ट अग्र मैदान खेलाडीले १० हजार पाउनेछ । त्यसैगरी प्रतियोगितामा म्यान अफ द म्याचका लागि ३३ हजार रुपैयाँ छुट्याइएको छ ।

उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलकर्तालाई १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । आयोजकले प्रतियोगिताको कुल खर्च २१ लाख अनुमान गरेको छ ।प्रतियोगिताका लागि टिम दर्ता आह्वान गरिएको छ । टिम दर्ता शुल्क ८ हजार तोकिएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...