कञ्चनपुरको पुनर्वास स्थित गहुँबारीमा आगलागी

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ मा आगलागी भएको छ । आज (बुधबार)  दिउँसो कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ स्थित स्थानीयको गहुँबारीमा आगलागी भएको हो ।

स्थानीयवासीले हरियो स्याउला र पानीको सहायताले आगो नियन्त्रणमा लिएका थिए । आगलागी हुँदा किसानले लगाएको गहुँ अन्नबाली नष्ट भएको स्थानीयले जानकारी दिएका छन् । गहुँबारीमा कसरी आगलागी भएको र कस्ले लगाएको हो भन्ने बारेमा जानकारी प्राप्त नभएको बताइएको छ । क्षतिको विवरण भने आउन बाँकी छ । गर्मी या सुख्खा मौसममा जथाभावी चुरोट र बालबालीका हरूलाई सलाई लाइटर जस्ता आग लाग्ने बस्तु नदिन र आगलागी हुन बाट सचेत रहन आग्रह गरिएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...