Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरमा सिमा नाका बन्द हुँदा नेपाल आउने यात्रु अलपत्र

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा सिमा नाका बन्द हुँदा नेपाल फर्किने यात्रु अलपत्र परेका छन् । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका मङ्गलबार साँझ सवा पाँच बजे देखि तीन दिन बन्द भएपछि नेपाल आउने यात्रुहरू अलपत्र परेका हुन् ।

Malpot office dadeldhura

भारतमा अप्रिल १९ तारिख अर्थात वैशाख ७ गते उत्तराखण्ड राज्यमा निर्वाचन हुँदैछ। “भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्ला अन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबार एक सूचना जारी जानकारी गराएको थियो । तर सिमा नाका बन्द सिल सम्बन्धमा जानकारी नपाएका र नयाँ वर्षमा तीर्थ यात्राबाट फर्केका नेपाली दाजु भाइ वनबासा पुलपारि अलपत्र परेका कञ्चनपुरका सिद्ध राज भट्टले बताए ।

उनले कञ्चनपुर प्रशासन र नेपाल सरकारका सम्बन्धी निकायले यथाशीघ्र नेपाल ल्याउन र पहल गर्न अनुरोध गरेका छन् । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका मङ्गलबार साँझ देखि तीन दिन बन्द भएका हुन् । कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले मङ्गलबार साँझ ५ः१५ बजे देखि मतदान समाप्ति हुँदा सम्म नेपाल–भारत सीमा नाका पूर्ण बन्द भएको जानकारी दिए ।

उनले भने, “स्वास्थ्य सेवा बाहेक अन्य पूर्ण रुपमा बन्द रहनेछन् ।” उनले त्यसका लागि भारतको चम्पावतमा रहेको मजिष्टेटले प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ ।” यस्तै बैतडीको झुलाघाट नाका मङ्गलवार देखि बन्द भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजे सम्म झुलाघाट नाका बन्द रहने बताए । सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नु परेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । नयाँ वर्षमा तीर्थ यात्राबाट फर्केका नेपाली र भारतमा काम गर्ने विशु पर्वका लागि घर आएका कामदारलाई आवत जावतमा समस्या भएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...