सहज जीवनयापनका लागी आध्यात्मिक ज्ञान लिन आवश्यक : प्रमुख सचिव लम्साल

धनगढी- सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. हरि लम्सालले सहज जीवनयापनका लागी आध्यात्मिक ज्ञान लिन आवश्यक रहेको बताएका छन् । ब्रह्म कुमारी ईश्वरीय विश्वविद्यालय धनगढीद्वारा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै लम्सालले पछिल्लो समय मानिसमा नैतिकताको खडेरी सँगै नैराश्यता बढेका कारण यसको निराकरण अध्यात्म बाट मात्रै सम्भव रहेको बताएका हुन् ।

हाम्रा नानी बाबुहरू नैतिकवान् बन्न सकिरहेका छैनन्, लम्सालले भने “विद्यालय बाटै आध्यात्मिक ज्ञान शुरु गर्नुपर्छ, मैले धनगढीका मेयर सापसंग आग्रह गरेको छु, अन्य सबै प्रदेशभरिका स्थानीय तह प्रमुखहरूलाई पनि आग्रह गर्ने छु, अब विद्यालयमै आध्यात्मिक पढाई शुरु गर्नुपर्छ, तब मात्रै हाम्रा जीवनयापन, व्यवहार परिवर्तन हुन्छन् ।” मैले त साथीहरूलाई भन्ने गरेको छु सके सम्म दिनमा १ घण्टा राजयोगमा दिनुस्, कर्मचारीहरूका लागी त तालिम नै शुरु गर्दैछौँ हामीहरू उनले भने “कर्मचारीहरूका बोली व्यवहार देखी नैराश्यता कम गर्न अध्यात्मले ठुलो भूमिका खेल्छ, अहिले मानिसमा तनाव बढिरहेको छ, हामीलाई चाहिएको शान्ति हो, जस्तो सुकै अवस्थामा पनि खुशी र शान्ति मिल्ने वातावरण यो अध्यात्मले बनाउने छ, म ब्रम कुमारी ईश्वरीय विश्वविद्यालय लाई धन्यवाद दिन चाहन्छु, यसले धेरै मानिसको जीवन परिवर्तन गर्नमा ठुलो भूमिका खेलेको छ ।”

Navadurga sun

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय धनगढीकी सह सञ्चालिका दुर्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी लगायत बिभिन्न ब्यक्तिहरूको सहभागिता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...