Division ban Pahalmanpur

कञ्चनपुर बेलौरीका ७ विद्यालयको नतिजा निल

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिकाको पालिका स्तरीय कक्षा ८ को परीक्षामा ७ विद्यालयको नतिजा निल आएको छ । पालिका स्तरीय परीक्षामा सहभागी भएका ३५ विद्यालय मध्ये ७ विद्यालयको नतिजा निल आएको हो ।

Malpot office dadeldhura

नतिजा निल आउनेमा वडा नम्बर ६ को शारदा मावि, कृष्ण मावि, वडा नम्बर ७ को कल्याण मावि, गणेश मावि, वडा नम्बर ८ को कालिका आवि, प्रकाश ज्ञान ज्योति ई. बोर्डिङ स्कुल र वडा नम्बर ९ को गोरखनाथ मावि रहेका छन् ।

समग्र पालिकाको नतिजा पनि निराशाजनक आएको छ । पालिकामा कुल ९ सय २९ विद्यार्थी परीक्षामा सहभागी भएकोमा २९ प्रतिशत अर्थात २ सय ७१ विद्यार्थी उत्तीर्ण भएका छन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...