सुदूरपश्चिममा थप १५ जनामा कोरोना पुष्टि, ५१ संक्रमणमुक्त





अत्तरिया, ७ साउन- सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना पुष्टि भएको छ । ४७६ जनाको नमूना परीक्षण गर्दा थप १५ जनामा कोरोना पुष्टि भएको निर्देशनालय डोटीले जनाएको छ ।


सुदूरपश्चिममा बिहीबार ५१ जना संक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ५१ जना संक्रमणमुक्त भएका स्वास्थ्य निर्देशनालय जनाएको छ । बिहीबार सुदूरपश्चिममा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।



