किशोरीले गर्भपतन गराउन अस्वीकार गरेपछि हत्या

बैतडी- बैतडीमा आफ्नै भतिजीको हत्या गर्ने काका पक्राउ परेका छन् । जिल्लाको पुर्चौडी नगरपालिकामा आफ्नै भतिजी माथि जबरजस्ती करणी गरेर हत्या गरेको आरोपमा ३० वर्षीय युवक पक्राउ परेका हुन्। १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणीपछि हत्या गरेको  आरोपमा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेम विक्रम केशीले बताए ।

मृतकको बुबाबाट हाडनाता करणी र कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेपछि सोमबार प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीको टोलीले पुर्चौडीबाट ती युवकलाई नियन्त्रण लिएको उनले बताए । पुर्चौडी नगरपालिका–४ रातामाटाकी किशोरी चैत्र २८ गते जंगलमा मृत फेला परेकी थिइन् । तीन दिन देखि बेपत्ता किशोरी मृत फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीको टोलीले घटनाको अनुसन्धान गरेको थियो ।

Navadurga sun

अनुसन्धानबाट काका नाता पर्ने ती युवकले धाक धम्की दिएर पटकपटक जबरजस्ती करणी गरेर किशोरी गर्भवती भएको समेत खुलेको छ । डडेल्धुरा अस्पतालमा गरिएको पोस्टमार्टमा किशोरीको पेटमा १८ हप्ताको गर्भ फेला परेको प्रहरीले जनाएको छ । किशोरीले गर्भपतन गर्न नमानेपछि जंगलमा लगेर हत्या गरेको  खुलेको हो ।

पुर्चौडी स्वास्थ्य चौकीमा गर्भपतन गराउने प्रयास असफल भएपछि काकाले ढुंगाले टाउकोमा हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रवक्ता केसीले  बताए । २६ गते विवाहित किशोरी हराएको सूचना प्रहरीले प्राप्त गरेको हो । त्यसपछि २८ गते रानीवनमा किशोरीको शव फेला परेको थियो । शवको अवस्था हेर्दा टाउकोमा गम्भीर चोट देखियो भने पेट ठुलो देखियो ।

घटना शंकास्पद लागेपछि प्रहरीले अनुसन्धान गरेको हो । अभियुक्त आफैले हत्या गरेको भनी स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक ठकुराठीले बताए । घटना स्थलमा पुग्न जिल्ला सदरमुकामबाट दुई दिन समय लाग्ने भएकाले पहिलो पटक १० दिनको म्याद थप गरि अनुसन्धान गरिने उनले बताए । मृतक किशोरीको गत वर्ष मात्रै बिहे भएको थियो । उनका श्रीमान रोजगारीको सिलसिलामा भारतमा थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...