

बैतडी- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका मङ्गलवार देखि बन्द हुने भएको छ । भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । अप्रिल १९ तारिख अर्थात वैशाख ७ गते उत्तराखण्ड राज्यमा निर्वाचन हुँदैछ ।

उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजे सम्म झुलाघाट नाका बन्द रहने जिल्ला अधिकारी शर्माले बताए । सुरक्षा संवेदनशीलताको कारण नाका बन्द हुन लागेको हो । सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नु परेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।
