डोटीमा बेहोस फेला परेका पुरुषको मृत्यु

डोटी- डोटीमा बेहोस फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। डोटीको आदर्श गाउँपालिका २, मौवा स्थित सडक खण्डबाट लडेर बेहोस अवस्थामा फेला परेका ३२ वर्षीय लोग विकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारिया टोलमा सडकबाट झन्डै १२ फिट तल खसेका मौवाका लोग विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सई नारायण सिंह नेगीले जानकारी दिए । शुक्रबार मध्याह्न साढे १२ बजे विक सडक मुनि बेहोस अवस्थामा फेला परेका थिए ।

Navadurga sun

विक लडेर घाइते भएको खबर प्राप्त भएपछि प्रहरीले बेहोस अवस्थामा उद्धार गरेर एम्बुलेन्स मार्फत जिल्ला अस्पताल डोटी पठाएको थियो । बेहोस अवस्थामा जिल्ला अस्पताल डोटी पुर्‍याइएका विकको उपचारका क्रममा साँझ ४ बजे मृत्यु भएको सई नेगीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...